अति लामो राजनीतिक संक्रमणले राज्यका प्रत्येक निकाय र तहमा उब्जाएको बेथितिबाट आज नेपाल आक्रान्त छ । राज्यको पुनर्संरचनामार्फत्
गरीब तथा विपन्नको हितमा सामाजिक-आर्थिक क्षेत्रको आमूल परिवर्तन गर्ने लक्षबाट
निर्देशित विभिन्न राजनीतिक आन्दोलनले अन्तत: आफूलाई थप गरीब र कमजोर बनाएको दुखद्
अनुभव लिएर नेपालीहरू बाँचिरहेका छन् । लगभग दुई दशकदेखि सामाजिक न्याय,
सुरक्षा र विकासका एजेण्डा
म्याद गुज्रेका राजनीतिक थ्यौरी र अधिकारको लडाइँका नाममा हुने अपराधी शैलीको मानव
परिचालनको ओझेलमा परेका छन् ।