सानातिना विपत्तीमात्र
सहेका नेपालीलाई महाभूकम्पको तहसनहस निकै भारी भयो । ०९० सालको भूकम्प यो पुस्ताको
स्मृतिमा थिएन । ठूलो भूकम्पले कुनै दिन बेस्मारी हल्लाउला भन्ने थियो । घर पर्खाल
हल्लेलान् र ढल्लान् पनि भन्ने डर थियो । तर, भूकम्पले मन पनि हल्लाउला
भन्ने थिएन । लाखौँ मानिसका रहरहरू ढल्लान् भन्ने थिएन ।