नेपाल किन बन्न सकेन
? के गर्दा बन्न सक्थ्यो ? र, बनाउनलाई अब के गर्नुपर्छ ? भन्ने विषयमा प्रशस्त
टिप्पणी भइरहेका छन् । देश विकासका विषयमा केन्द्रीत यो बहस समृद्धिको हाम्रो लक्ष
प्राप्तिमा कतिको सहायक होला त्यो हेर्न बाँकी छ । यसो भए तापनि अहिलेको बहसको
एउटा सकारात्मक पाटो छ । राजनीतिक दलका नेताले मात्र विचार दिने र अरूले त्यसैको
वरिपरि बहस गर्ने हाम्रो पूरानो चलन भत्काउनमा थोरै भए पनि यसले सहयोग गरेको छ ।
सर्वसाधारण मानिस मुलुकको परिवर्तनका विषयमा ठोस छलफल गर्न इच्छुक हुनुलाई
सकारात्मक मान्नुपर्छ ।