हिजो (पौष २३) मध्यान्हतिर
डिजिटल पत्रिका सेतोपाटीमा बिराटनगरको कुनै लजमा एक सरकारी कर्मचारीमाथि
भएको प्रहरी कारवाहीको समाचार आयो । समाचार अनलाइन हुनासाथ सोसल मिडिया र विशेषगरि
ट्विटरमा त्यसमाथि तीब्र प्रतिक्रिया आउने क्रम सुरु भयो । एकदुईबाहेक समाचार
पढ्ने प्राय सबैले “उक्त समाचार प्रकाशित गर्नु पत्रकारिताको मर्यादाविपरित” भनेर समाचारको
आलोचना मात्र गरेनन् सेतोपाटीलाई आफ्नो साइटबाट उक्त समाचार तुरुन्त हटाउन सुझाव
दिए । सोसल मिडियामा आएको प्रतिक्रियालाई मनन गर्दै सेतोपाटीले पनि समाचार हटाएर
पाठकसमक्ष क्षमायाचना गर्यो ।