Bluesky

@sanpokh.bsky.social

Sunday, March 8, 2026

मध्यरातको यात्रा, मेहदी हसन र मध्यपूर्वको सन्त्रास

आजभोलि मेहदी हसनका गीत-गजलहरूमा मेरो रुचि व्हात्तै बढेको छ । हिंड्दागाडी चलाउँदा वा आकासमा उडीरहँदा मेरा कानहरूमा हसन नै गुनगुन-गुनगुन गरिरहेका हुन्छन् । 

फेब्रुअरी २७ को साँझ सात हप्ताको इस्लामाबाद बसाइपछि फेरी मनिला फर्किंदै थिएँ । इस्लामाबाद शहर दिनभरको रमाजान ब्रतपछिको खानपिनमा जुटेको थियो । म सवार गाडी शहरका बत्तीहरू छिचोल्दै एअरपोर्टतिर हुइँकीरहेको थियो । मेरो कानमा थिए उनै मेहदी हसन ।

अब के हम बिछड़े तो शायद कभी ख़्वाबों में मिलें
जिस तरह सूखे हुए फूल किताबों में मिलें

अहमद फराजले लेखेको यो कविता आफैंमा गहीरो र सुन्दर छ । कविताले जब मेहदी हसनको संगीत र गला भेट्छ त्यसपछि तयार हुन्छ एउटा सुन्दर कलाकृति । यो गजल हसनको स्वरमा हजारौँपटक सुनेँ होलातर धित मरिसकेको छैन । 

TG350 । मेरो नियमित यात्राको फ्लाइट नम्बर । मध्यरातमा इस्लामाबादको विमानस्थलबाट उडेको मेरो हवाइजहाज अमृतसर कटेर दिल्ली आसपास हुँदै इन्डियन ओसनतिर सोझिँदै गर्दा झ्यालबाहिर ओरायन बेल्टको भव्य दृष्य थियोर मेरो कानमा मेहदी हसन गुनगुनाइरहेका थिए ।

ख़ुशबू तुम्हारी ज़ुल्फ़ की फूलों से कम नहीं
दुनिया किसी के प्यार में जन्नत से कम नहीं

त्यस रात मैले छोडेको इस्लामाबादमा केही तनाव थियो । पाकिस्तानले अफगानस्तानमाथि हवाइ आक्रमण गरेको थियो । विगतमा वर्षौंसम्म मित्रतापूर्ण सम्बन्धमा रहेका तालीवान र पाकिस्तानका सेना दुस्मन बनेर एकअर्काविरुद्ध लडाईं गरिरहेका थिए । प्राय शान्त रहने इस्लामाबादमा विगत केही समयदेखि छिटपुट आतंककारी गतिविधी भइरहेका थिए । शान्ति सुरक्षाको अवस्था थप खस्किने हो कि भन्ने चिन्ताले मानिसहरूलाई सताएको थियो । 

जब राजनीतिमा विवेकको ठाउँ प्रतिशोधले लिन्छ तब शासन चलाउनेले सनकका आधारमा निर्णय लिन्छन् । आम जनताका आवश्यकताका लागि नीति निर्माणमा कुनै स्थान हुँदैन । पाकिस्तान र अफगानस्तानमा आधाभन्दा बढी जनता चरम गरीबीको मारमा छन् -तर त्यहाँका शासकमुल्ला र तिनका विदेशी मतियारलाई जनताको गरीबीको कुनै वास्ता छैन । वास्ता आफ्नो शासन कसरी लम्ब्याउने भन्नेमा छ ।

इस्लामाबादबाट मनिलाको यात्रा छरितो किन छ भने बैंककमा जहाज बदल्न धेरै कुर्नु पर्दैन । एउटाबाट ओर्लेर अर्कोमा पाइला टेक्न मुस्किलले डेढदुई घण्टा लाग्छ । बैंककबाट उडेको जहाज बिहानको घामसँग बात मार्दै क्याम्बोडिया र भियतनामका आकासमा एक घण्टा बिताएपछि साउथ चाइना सागरमाथिको आकासभित्र पस्छ र अन्तमा मनिलाको जमीनमा पाइला टेक्छ । तीन घण्टाको यात्राअर्को चिर-परिचित फ्लाइट -TG620 

जहाजमा निदाउन सक्दिन म । पहिला मस्तले निदाउथेँ । उमेर बढ्दै गएपछि निद्रा पातलिँदै गयो । आजभोलि जहाजमा उँघ्छु मात्र । शनिवारको त्यो बिहान ३७००० फिटमाथि मेरा कानमा मेहदी हसन भन्दै थिएः

बात करनी मुझे मुश्किल कभी ऐसी तो न थी
जैसी अब है तेरी महफ़िल कभी ऐसी तो न थी

पुच्छर हल्लाएर लडिबुडी गर्दै स्वागत गर्ने किवीको ढाड सम्सुम्याएपछि मेरो यात्रा रुटिनमा पालो आउँछ केही छिन निद्रा पुर्‍याउने । एक बजेको निद्रा चार बजेतिर त खुलीहाल्छ ।

फेब्रुअरी २८ को निद्रा जब खुल्यो मेरो कोठाबाहिर प्रमिला ‘ब्रेकिङ्’ समाचार हातमा बोकेर मलाई सुनाउने ब्यग्र प्रतिक्षामा थिइन् -अमेरिका र इसरेलले इरानमा आक्रमण सुरु गरे ।

अमेरिका र इरानबिच जिनिभामा कुराकानी भइरहेको थियो । सनकी अमेरिकी राष्ट्रपती अर्को सनकी इरानी मुल्लाहसँग ‘डिल’ गर्न चाहन्थे । त्यो डिल केमा हो भन्ने प्रस्ट थिएन -तर बाहिर बाहिर आणविक बमको कुरा भए पनि भित्रभित्र तेलको कुरा होला भनेर अनुमान गर्न चाहिँ सकिन्थ्यो । अर्को सनकी इसरेलको नेता नेतन्याहु अमेरिका र इरानले साँच्चै ‘डिल’ गर्ने हुन् कि भन्नेमा चिन्तित थियो र त्यसअघि नै इरानमाथि आक्रमण गर्न व्यग्र थियो । यो सबैमा अमेरिका र इसरेलका मिसलहरू इरानमा बर्सिन सुरु भए ।

एउटा सानोतिनो युद्धको सुरुआत छोडेर इस्लामाबादबाट बाहिर निस्केको म आफ्नो गन्तव्यमा पुग्दा त्यो भन्दा कैयौँ गुना ठूलो र महँगो युद्ध टेलिभिजनको स्क्रिनमा हेरिरहेको थिएँ ।

सन् २००३मा इराकमाथि अमेरिकाले आक्रमण गर्दा म इटालीको रोम शहरमा थिएँ । रोमका मानिसहरू अमेरिकाको उग्रवाद र क्रुरताका विरुद्धमा नाचगान गर्दै हजारौँको सङ्ख्यामा सडकमा निस्केका थिए । सेप्टेम्बर ११को आततायी आक्रमणको बदला लिन इराकमाथि गरिएको आक्रमण र पछि अफगानस्तानको आक्रमणको पटाक्षेपसँगै अरब क्षेत्रको राजनीतिक र मानसिक तस्वीर बदलियो ।

बदलिएको तस्वीरको रमाइलो पक्ष के थियो भने अरबका पेट्रोल तानाशाहहरू अमेरिकी सेनाका ब्यारेकले आफ्नो क्षेत्रमा शान्ति कायम गरिदिनेछन् भन्ने अतिरञ्जनामा डुबे । युएइकतर, कुवेत, साउदी वा ओमानमा संसारमा कतै नभएको शान्ति छयी देश दिगो आर्थिक समृद्धिको भर्‍याङ् उक्लिरहेका छन् भन्ने भाष्यको निर्माण जबरजस्त रूपमा भयो । पेट्रोल बेचेका पैसाले संग्रहालयफुलका बगैँचा र आलिसान महलहरू सजिए । पैसा भएपछि अभिव्यक्ति स्वतन्त्रता वा लोकतन्त्र केही चाहिँदैन भन्ने नयाँ अरब मोडेलको शासनप्रणालीको जोडतोडका साथ प्रबर्धन भयो ।

क्रुर संयोग कस्तो छ भने मध्यपूर्वका पेट्रोल तानाशाहले हावा भरेर फुलाएको शान्ति र समृद्धिको बलुन फुटाउन इरानको अर्को उस्तै दमनकारी क्रुर शासन सकेसम्म प्रयास गरिरहेको छ ।

मनिलामा गर्मी उकालो चढिरहेको छ । अप्रिल र मे महिनामा बर्षा कम हुन्छ र घामको ताण्डव थामिनसक्नुको हुन्छ । अहिले साँझपख सितल हावा चलिरहेको छ । हातमा चियाको कप बोकेर म घरबाहिर निस्किन्छु र मेहदी हसन बोलाउँछु । उनी कानमा भन्दैछन् –

किस किस को बताएँगे जुदाई का सबब हम
तू मुझ से ख़फ़ा है तो ज़माने के लिए आ

टिग्रिस र युफ्रेटस नदी वरिपरी आजको इराक भएको स्थानमा समृद्ध मानव सभ्यताको विकास भयो । यो समृद्धि पर्सिआ (आजको इरान) हुँदै मध्य एसियाका विभिन्न क्षेत्रहरू (कजाकस्तानकिर्गिस्तानतुर्कमेन्स्तान, उज्वेकस्तानताजिकिस्तान)मा फैलियो । आजभन्दा तीन हजार वर्षपहिले यो क्षेत्र हरेक फाँटमा अब्बल र समृद्ध थियो । आज जोर्डनसिरियालेबनानटर्कीले ओगटेको र प्राचिन समयमा लेभान्त (Levant) भनिने क्षेत्रमा कलाविज्ञान र धर्मको जग बस्यो । जब लेभान्त र मेसोपोटामियआ सभ्यताको उत्कर्षमा थिए त्यसबेला आजका युरोप र अमेरिका भनिने क्षेत्रहरू आर्थिक र बौद्धिक रूपमा अत्यन्त कमजोर थिए । यसको वर्णन ‘द सिल्क रोड्स’ भन्ने पुस्तकमा पिटर फ्रान्कोपानले रोचक ढङ्गले गरेका छन् -जसको चर्चा मैले केही अघि आफ्नो ब्लगमा गरेको छु । 

विगतमा धेरैपटक इस्लामाबाद नजिकैको पाकिस्तानको शहर पेसावर पुगेको छु । पेशावर शहरको केन्द्रमा एउटा सानो बजार छ जसको नाम ‘किस्साकहानी बजार’ हो । यो नामको अर्थ के भने यहाँ विगतमा कथा-कहानी भन्न सिपालु मानिसहरूले ‘सिल्क रोड’मा भएका रोचकदुखद् घटनाका ‘किस्सा’हरू पेशावरका बासिन्दालाई सुनाउने गर्थे । पेशावर त्यसबेलाको सिल्करोडको एक प्रमुख व्यापारिक बिन्दु थियो । मलाई स्थानीय मानिसहरूले बताएअनुसार केही कथावाचकहरू अहिले पनि ‘सिल्करोड’का विगतका कथा सुनाउने पेशामा छन् । 

मैले आफैँले भन्ने यस्ता कथा सुन्ने अवसर पाइनँ ।

आकास र जमिनमा नयाँ बाटाहरू बने । बाटामात्र होइनयात्रीहरू पनि फेरिए । यात्राको उद्देश्य र औचित्य फेरियो । रेशमी बाटोको गरिमा हरायो । नयाँ बाटाहरू सर्वेसर्वा भए । कथा हराए । कथावाचक हराए ।

सुरुको मेहदी हसनको गजलको एउटा टुक्राले पनि समय फेरिएपछि के हुन्छ भनेर बताउँछः

अब न वो मैं न वो तू है न वो माज़ीहै 'फ़राज़'
जैसे दो शख़्स तमन्ना के सराबों में मिलें

 (*विगत)

विगतको समृद्ध लेभान्तमेसोपोटामिआ वा पर्सिआ आज द्वन्द्वगरीबीनिरंकुशता आदिको चपेटामा छन् । यसो हुनुको कारण एउटामात्र छैन । तरमेरो विचारमा एउटा प्रमुख कारणचाहिँ आधुनिक युगलाई चाहिएको इन्जिनइन्जिन चलाउन चाहिने तेलतेलको आपुर्ती सुनिश्चित गर्न चाहिने गोलाबारुदगोलाबारुद बनाउन र प्रयोग गर्न चाहिने छलकपट आदिको अन्तहिन चक्र हो ।

आज मध्यपूर्व र अरबका प्राय सबै देशमा भोकै प्यासै मानिसहरू सिमेन्टका थुप्राभित्र आफन्तजनको धुकधुकी खोज्दैछन् । निर्दोष बालबालिकाको आम संहारका समाचार हृदयविदारक छन् । आफूलाई सर्वश्रेष्ठ प्राणी स्वघोषणा गरेको मानिस मेरो बम राम्रो कि तेरो बम राम्रो भन्ने प्रतिश्पर्धामा डुबेको छ ।

मेरो कानमा मेहदी हसन गुनगुनाइरहेका छन्ः

भरे जहाँ में कोई मेरा यार था ही नहीं
किसी नज़र को मेरा इंतज़ार था ही नहीं

Thursday, February 26, 2026

मध्यरातका शिशुहरू

मेरो ‘पढ्नुपर्ने पुस्तक’को सूचिमा केही त्यस्ता पुस्तक छन् जुन पुछारबाट उकालो चढ्न पाउँदैनन् । सूचिको अग्रभागमा नयाँ पुस्तक थपिन्छन् र पुछारका पुस्तकमाथि मबाट अन्याय भइरहन्छ । लामो समयसम्म अन्यायमा परेका  त्यस्ता पुस्तकमध्ये एक हो सलमान रस्दीको ‘Midnight’s Children’ । 

Thursday, February 19, 2026

निर्वाचनपछिको नेपालबारे ७बुँदे टिप्पणी

नेपालको निर्वाचनको माहोलबाट म टाढा छु ।  धुमधामले प्रचार-प्रसार चलिरहेका बेला को लोकप्रिय छ, कसले जित्ला, कसले हार्ला भन्ने अनुमान गर्न म सक्दिन, न त यसमा मेरो रुचि छ । त्यसैले, यो लेखमा म निर्वाचनको परिणामको आकलनमा केन्द्रित हुनेछैन । यस निर्वाचनले नेपालको राज्य र समाजलाई भोलिको दिनमा कस्तो प्रभाव पार्ला ? यस विषयमा मेरा दृष्टिकोण यहाँहरूलाई सुनाउन चाहन्छु ।

Tuesday, February 10, 2026

रमाइलो मेला

एक साँझ, एक गाऊँ
एक तलाउ, एक विपद्
धमिलो पानीमा क्रमशः डुबिरहेको एक शरीर
हतास आँखा, रुग्ण विलाप -‘मलाई बचाउन आउँछौ कि कोही !?’

Sunday, January 25, 2026

बसिबियाँलोः नेपाली जिब्रो झुक्याउने अङ्ग्रेजीका कुरा

म पहिले भाषामा शुद्धता महत्त्वपूर्ण हुन्छ भन्ठान्थेँ । आफूले बोल्ने भाषा शुद्धसँग लेख्नु र बोल्नुपर्छ भन्ने विचार थियो । तरपछि यो विचारमा केही परिवर्तन आयो । किन भने चाहेर पनि सबैले आफ्नो भाषाचाहे त्यो मातृभाषा नै किन नहोस्शुद्ध तरिकाले बोल्नलेख्न सक्दैनन् । भाषाको शुद्धतावादी मापदण्डले विभिन्न तरिका र लवजमा भाषाको प्रयोग गर्नेहरूमाथि अन्याय गरेको हुन्छ ।

Monday, January 12, 2026

रवि र बालेनलाई विश्वास नगर्नेहरूका लागि एउटा 'विकल्प' हुनेछ सुधारिएको नेपाली कांग्रेस

पुस २७ पृथ्वी जयन्तीका लागि चिनिन्छ। तर यसपटक, अर्थात् २०८२ को पुस २७ नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसको शरीरमा सास हाल्न पार्टीभित्र गरेको विद्रोहका लागि अभिलेखमा रहनेछ।

Wednesday, December 24, 2025

बसिबियाँलोः वर्षको अन्तमा पढेका तीन पुस्तक

आज फेरी किताबका कुरा गरौँ है ! तर, कुरा सुरु गर्नु पहिले मलाई मन पर्ने उर्दु कवि जोन एलियाको एउटा कविताका दुई टुक्राः