Bluesky

@sanpokh.bsky.social

Friday, February 14, 2025

आशावादी हुने ठाउँ छ त ?!

नेपालको समग्र अवस्था र आम निराशाका बारेमा अमीत ढकालको विस्तृत अनि रोचक लेख सेतोपाटीमा प्रकाशित भएको छ । अमीत ढकाल एक उम्दा अर्थशास्त्री र विश्लेषक भएको यो लेखले पनि  पुष्टि गर्छ जस्तो मलाई लाग्छ । लेखमा उहाँले प्रस्तुत गर्नुभएका दृष्टिकोणमा मेरो पनि मत मिल्छ ।

‘गणतन्त्र आएपछि सबै कुरा खराब भइरहेको छ, नारायणहिटीमा राजा हुँदा सब ठिकठाक थियो’ भन्ने राजावादीहरूको dumb boring तर्कलाई लेखले राम्रोसँग चिरफार गरेको छ ।

Sunday, February 9, 2025

आफ्नो देश, अर्काको देश

“आफ्नो देशमा आउन भिसा (भिजा?) चाहिने नियम त्रुटीपूर्ण छ ।” यो भनाइ हो गैरआवासीय संघका अध्यक्ष बद्री केसीको । गैरआवासीय नेपालीलाई १० वर्षका लागि निशुल्क भिजा दिने कानुनका सन्दर्भमा उनीसँगको अन्तर्वार्ता सेतोपाटीमा प्रकाशित छ

यही प्रसङ्गमा मेरा केही टिप्पणी आज राख्दैछु ।

बद्री केसीको परिभाषामा एउटा देश ‘आफ्नो’ वा ‘अर्काको’ कसरी हुन्छ मैले राम्रोसँग बुझेको छैन -किनकि म सिधा कुरा सिधा ढङ्गले मात्र बुझ्न सक्छु । मैले बुझेको सिधा कुरा के हो भने व्यक्ति र देशको सम्बन्ध जोड्ने आधार नागरिकता हो । राहदानी, सामाजिक सुरक्षा नम्बर, राष्ट्रिय परिचय पत्र, नागरिकताको प्रमाणपत्र आदिले एउटा मानिस कुन देशको नागरिक हो भनेर प्रस्ट पार्छन् ।

Monday, February 3, 2025

अमेरिकाको रमितामा मेरा छोटा टिप्पणी

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकामा विगत केही दिनदेखि जे भइरहेको छ त्यो रोचक र त्रासदीपूर्ण दुवै छ । आज यो लेखमा अमेरिकामा नाटकीय रूपमा देखिएका घटनाक्रमलाई म कसरी बुझ्न प्रयास गरिरहेको छु त्यसलाई छ बुँदामा प्रस्तुत गर्दैछु ।