साँझ
“सुकुटेको त के कुरा गर्नु र !”, तेन्जीले हातको ग्लास
भूइँमा राख्दै भन्यो । “यो त स्वर्ग नै हो । होटेल
नै हेर्नुस् न २२ ओटा पुगिसके । धुलीखेलदेखि बारबिसेसम्म यति राम्रो ठाउँ कतै छैन
। मेरोमा आउने गेस्टहरू भन्छ भोटेकोशीको आवाज सुकुटेमा जस्तो रमाइलो यता कुनै
ठाउँमा सुनिदैन रे ।”