यो सालको दसैंताका एउटा सेमिनारका
लागि बाली जाने अवसर जुर्यो । मानवशास्त्रको विद्यार्थी र त्यसमा पनि क्लिफोर्ड
ग्योर्ट्जको 'फ्यान' । धर्ममा आस्था नराख्ने मेरा लागि
संसारकै ठूलो तिर्थ जाने अवसर जुटेजस्तै अनुभव भयो । बाली भ्रमणको कार्यक्रममा ३
दिन आफ्ना लागि छुट्याएको थिएँ जसमा ग्योट्ज र बार्थका बालिनिजहरूसँग केही बात
मार्ने र उनिहरूका घरआँगन घुम्ने योजना थियो ।
लगभग ८ घण्टाको उडानबाट क्वालालम्पुर
हुँदै भोलिपल्ट राजधानी शहर देनपसार पुग्दा चहकिलो र तातो घामले हाम्रो बेजोड
स्वागत गर्यो । ऐअरपोर्टमा हामीलाई लिन आएका होटलका कर्मचारीले दुबै हात जोडेर भने 'गुड आफ्टरनुन, स्वस्ति अस्तु !' एकैछिन अन्य देशबाट आएका मित्रहरूलाई
पर्खेर हामी आफ्नो होटल पद्म लेगियान बीच रिजर्ट जान माइक्रो बसमा चढ्यौँ ।
कामका सन्दर्भमा र बिदा मनाउने क्रममा बैंकक शहर केहीपटक घुमेको छु । यो सुन्दर शहर र यहाँको आधुनिकताले सधैँ मन लोभ्याउँछ । बाली बैंककभन्दा फरक छ । यहाँ बैंककमा झैँ गगनचुम्बी घर, ट्राफिक जाम र मानिसको घुइँचो छैन । ठूला शपिङ्ग मल छैनन् । असङ्ख्य झिलिमिली बार र पबहरू छैनन् । मानिस हतारमा छैनन् ।

बालीका हरेक घरमा र सडकका दुबैतिर
बनाइएका असङ्ख्य मन्दीर र देउताका मुर्ती हेर्दा भने लाग्छ यहाँ मानिसको भन्दा
देउताको जनसङ्ख्या बढी छ ।
बाली बहुसङ्ख्यक मुस्लिम
इन्डोनेसियाको हिन्दु टापुहरूको समूह हो । चानचुन ४० लाख मानिस रहेको बालीमा
जनसङ्ख्याको संरचना नेपालको भन्दा धेरै फरक छैन –कुल जनसंख्याको ८५
प्रतिशत हिन्दु र बाँकि केही बुद्दिस्ट, मुस्लीम र क्रिश्चियन । भाषा स्थानीय
बालिनिज । सीमित मानिस र विशेषगरि पूजारीहरूले ले संस्कृत पनि बोल्नेरहेछन् । धेरै
बालिनिजहरू भाषा इन्डोनेशिया पनि बोल्दारहेछन् । परापूर्वकालदेखि विभिन्न क्षेत्र
र संस्कृतिसँगको अन्तर्सम्बन्ध रहेको बालीमा अधिकांश मानिस बहुभाषिक हुनु स्वभाविक
नै होला ।
तर, नेपाल वा
भारतको हिन्दु संस्कृतिमा बानी परेका जो कोहिलाई बालीको हिन्दु परम्पराले झुक्याउन
सक्छ ।
बालीका हिन्दु मन्दीरहरूभित्र यहाँको जस्तो मानिसहरूको भिडभाड नहुने रहेछ –विशेष तिथिबाहेक मन्दिरहरू सर्वसाधारणका लागि बन्द नै हुने रहेछन् ।
पूजाआजाको शैली पनि फरक रहेछ । नेपाल वा भारतमा जस्तो फूलअक्षता, अविर, फलफूल, दूध
आदि मुर्तीमा चढाउने चलन रहेनछ । विशेष पर्व वा समारोहमा सार्वजनिक मन्दीरमा
पुरोहित र राजाहरू (बालीमा विभिन्न वंशका धेरै राजतन्त्र रहेछन्) को नेतृत्तवमा
पूजाआजा गर्ने चलन रहेछ ।
बाली संस्कृतिको अर्को अनौठो
परम्पराचाहिँ निजी मन्दीरको लाग्यो । हरेक हिन्दुले आफ्नो घर कम्पाउन्डभित्र
यतातिरका परेवाका घरजस्ता ४ वटा स-साना तर अग्ला मन्दिर बनाउने रहेछन् –ब्रम्हा, विष्णु, महेश्वर
र गणेशका । मन्दीरमा हरेक दिन पूजा गर्ने र घरबाट बाहिर निस्कनुअघि गणेशको
मन्दीरलाई ढोग्ने चलन रमाइलो लाग्यो ।
बालीको हिन्दु परम्परा पूर्णरूपमा
सनातन हिन्दु धर्ममा आधारित नभएर विभिन्न प्राकृतिक परम्परा र अन्य धर्महरूबाट
प्रभावित छ । त्यसैले, संस्कार, चाडपर्व
र खानपानको तुलना गरि हेर्दा भने बालीनिजहरू हिन्दु हुन् कि होइनन् छुट्ट्याउन
धौधौ हुन्छ ।
चार जात (ब्राम्हण, क्षेत्रीय, वैश्य
र शुद्र)मा बाँडिएका बालिनिजको खानपान र रितीरिवाजमा हिन्दु जातीय विभाजनको प्रभाव
छैन -ब्राम्हण वा शुद्र दुबै जातकाले मृत्यु संस्कारमा सुंगुर काटेर भोज खुवाउछन्
। जातीय छुवाछुतको सामाजिक अस्तित्व रहेनछ । महिलाको महिनावारी बार्ने चलन भने
सार्वजनिक मन्दीरमा अभ्यास हुँदोरहेछ -जसले मन खल्लो बनायो ।
घरमा कसैको मृत्यु भएमा मृत शरीरलाई
केही समय घरभित्रै वा नजिकै गाडेर राख्ने र पैसा जुटेपछि सामूहिक मृत्यु संस्कार
गर्ने चलन पनि यताका हिन्दुको भन्दा पृथक छ ।
मलाई लाग्यो बालीका हिन्दुलाई दुई
कुराले हिन्दु बनाउने रहेछ –पहिलो आफू हिन्दु भएको विश्वास र दोस्रो महाभारत कथा ।
बालिनिजहरू संस्कृतका प्रचलित श्लोक कण्ठ गर्ने, मन्दीर बनाउने, पूजापाठ गर्ने आदि गतिविधिबाट हिन्दु धर्मपरम्परासँगको आफ्नो सम्बन्ध कायम राख्छन् । यसका अतिरिक्त बालीको संस्कृतिमा महाभारत कथा अति लोकप्रिय रहेछ । हरेक टोल, सार्वजनिक मन्दिर, क्लब, विद्यालय आदिमा महाभारत कथा, नाच आदि मञ्चन गर्ने र हरेक महत्त्वपूर्ण अवसरमा यसको प्रतिश्पर्धा गर्ने रमाइलो चलन रहेछ बालीमा ।

एक हप्ताको बाली बसाइ र लगभग तीन दिन
आफ्नै सुरमा बालीका कुनाकाप्चा र गाउँहरू पुग्दा त्यहाँका मानिसले हँसिलो मुखले
कुरा गरे । आफ्नो दैनिक जीवनका गतिविधि बेलिबिस्तार लगाए । घर भित्रका मन्दिर
हेर्छु भन्दा सहृदयतापूर्वक स्वागत गरे । आफ्नो विगतका बारेमा सकेसम्म खूलेर बताए ।
बालीको इतिहास त्यति सहज छैन । डच
उपनिवेशबाट फुत्केपछि इन्डोनेसियासँग मिसिने क्रममा सन् १९५० तिर बालीको
जनसङ्ख्यालाई इश्लाम धर्ममा रूपान्तरण गर्ने घोषणा भएको हो जसलाई भारतको सहयोगमा
उल्टाइयो । अहिले पनि इन्डोनेशियाको मुस्लिम बाहुल्य सरकारले बनाएका कानुन (जस्तै, रक्सीको
विक्री वितरणमा प्रतिबन्ध) बाट हिन्दु धर्म-परम्परालाई असजिलो पर्ने गरेको र यसलाई
मिलाउन धेरै परिश्रम गर्नुपरेको अनुभव बालीनिजहरूसँग छ । तर, सुहार्तो
शासनपछि इन्डोनेशियाको 'बिग ब्याङ्ग' विकेन्द्रीकरणको
लाभ बालीले राम्रैसँग उठाएको छ ।
आफू परिचित भएको हिन्दु संस्कृति बाली चिन्न मेरो माध्यम बन्यो
। त्यसैले मैले बालीमा हिन्दु संस्कृतिका छापहरू बढी खोजेँ । तर, बाली
आफैँमा सुन्दर मात्र नभएर बहुसांस्कृतिक क्षेत्र हो । मानवशास्त्रीका लागि मात्र
होइन सांस्कृतिक विविधता र यसको व्यवस्थापनमा रुचि राख्ने जोकोहिलाई पनि बाली एउटा
रोचक पहेली हुनसक्छ ।
हामी नेपालीका लागि बाली टाढा नै
पर्छ । यात्रा अवधिमात्र नभएर हवाइ टिकट पनि अन्य एसियाली मुलुकका तुलनामा महंगो छ
। तर, बाली
पुगेपछि भने सबै कुरा सस्तोमा किन्न पाइने रहेछ –खानेकुरा र
लुगादेखि सजाउने सामानसम्म ।
बालीको भालेजुधाइका बारेमा क्लिफोड ग्योट्जको रमाइलो संस्मरणबाट प्रभावित भएकाले यसका बारेमा केही सोधीखोजी गरेँ । बालीनिज संस्कृतिमा निकै भिजेको भालेजुधाइ र यो सँगै हुने जुवा खेल्ने चलनमाथि इन्डोनेशियन सरकारले धेरैअघि नै प्रतिबन्ध लगाएको हो । तर, विशेष अवसरमा जुवा नखेली भालेमात्र जुधाउने परम्परा भने हालसम्म प्रचलित रहेछ । भालेजुधाइको छाप कलासंस्कृतिमा पनि गजबले परेको देखिन्छ ।

यसपटक बाली घुम्दा आफूले कहिलै
नगरेको दुई काम गरियो ! पहिलो साहस बटुलेर डुरियन भन्ने यो क्षेत्रमा पाइने
कटहरजस्तो फलको गुदी खाइयो । मैले डर मानेजस्तो नमिठो हुने रहेनछ । स्वाद भने निकै
कडा । धेरै खायो भने रिंगटा लाग्छ यो फलले, तर मैले धेरै खाइन ।
दोस्रो, लेमुर जातिको जनावर (Civet cat) लाई कफीको दाना खुवाएर त्यसले दिसा गरेका दाना भेला गरेर अनि भुटेर बनाइने
लुवाक कफी पनि चाखियो । यस्तो कफीको स्वाद फरक र कडा हुने भन्ने सुनेको थिएँ तर
चाख्न पाएको थिएन । यो रहर यसपटक पूरा गरियो ।
No comments:
Post a Comment