मानिसहरू समाजमा आफ्नो स्थान (point) का
आधारमा विचार (view) बनाउने गर्छन् । अरूको point प्रति धेरै चासो राख्दैनन् । मूलधारे मिडिया र सोसल मिडियामा व्यक्त
दृष्टिकोण वा प्रतिक्रियामा point of view भन्दा पनि view
of a point बढि देखिन्छ । अर्थात्, हाम्रो
समाजमा आत्मविवेचना (self-reflection?) को अभाव छ ।
आफूलाई एकैछिन अरूको स्थानमा राखेर हेर्दा
त्यसबाट निकै फरक र उपयोगी दृष्टिकोण पाउन सकिन्छ । तर, यसो गर्न
सजिलो छैन । हामी आफूलाई हेरेर नै अरूप्रति दृष्टिकोण बनाउन चाहान्छौँ । किनकि यसो
गर्न धेरै गुणा सजिलो छ ।
मैले हामी भन्दा अरूमात्र भन्न खोजेको होइन ।
'म लगायत
हामी सबै' भन्न खोजेको ।
अस्तिको दिन विद्या भण्डारीलाई राष्ट्रपती
बनाउने चर्चा मिडियामा चलिरहँदा यो कुरा मलाई उतिसारो घत परेन । यसको विपक्षमा
मैले तुरुन्ट ट्विट लेखेँ -पछि मेटाएँ पनि ।
उक्त ट्विटमा नेतृ सरिता गिरीले तुरुन्त समर्थन
जनाउनुभयो । उहाँले I agree (समहत) भनेर गरेको
ट्विटलाई धेरै मानिसले 'फेव' गरे र केहीले रिट्विट पनि ।
त्यही दिन पत्रकार तथा विश्लेषक अजयभद्र खनालले
पनि सोही आसयको ट्विट लेख्नुभयो ।
सरिताजी र अजयजीका ट्विट पढेपछि यसरी सोच्ने
ममात्र रहेनछु भन्ने एकप्रकारको ढुक्कको भाव मनमा पैदा भयो । तर, केही घण्टापछि ट्विटरमा आँखा
डुलाउँदै जाँदा विनिता गुरुङ्गको यो ट्विट देखेपछि मेरो होसहवास उड्यो !
वास्तवमा संविधानसभामा नागरिकतासम्बन्धि
प्रावधानका विषयमा छलफल हुँदा 'आमाको नामबाट नागरिकता
दिनुहुँदैन' भन्ने मत राख्ने
विद्यामात्र थिइनन् । उनको दलका धेरै नेताको मत यही थियो । धेरै पुरुषहरूले उक्त
प्रावधानको विपक्षमा आफ्नो मत राखेका थिए । नयाँ सरकारको गठन भएपछि तिमध्ये धेरै
पुरुषहरू प्रधान, उप-प्रधान र मन्त्री भएका
छन् । उनिहरू मन्त्री हुँदा हामीले आमाको नामबाट नागरिकताको अधिकारका विषयमा
उनिहरूका विगतको अडानका बारेमा चर्चा गर्यौँ त ? अहँ
गरेनौ !
विनिता गुरुंङ्गको अर्को ट्विट र मल्लिका
अर्यालको ट्विट हेरौँ -जसले मलाई आफ्नै विचारप्रति लज्जित बनाए ।
मैले यी विचारहरूसँग सहमत हुँदै आफ्नो गल्ती
स्विकार गरेँ र पछि आफ्नो सुरुको ट्विट मेटाएँ ताकि मेरो गलत विचारले कसैलाई बल
नपुर्यावोस् ।
फेमिनिस्ट दृष्टिकोणबाट विद्या भण्डारी महिला
होइनन् भन्ने प्रतिक्रियाको जवाफमा विनिता गुरुङ्गको यो अर्को ट्विट ।
नेपाल अहिले अलि अप्ठेरो समयमा छ । धेरै मानिस
आफूले जे सोचेको छ त्यो नै सही हो भन्ने अडानमा छन् । शंकटका बेला यो अनौठो पनि होइन
होला । यद्दपि, आफ्ना
विचारलाई पनि कहिलेकाहिँ प्रश्नवाचक चिन्ह लगाउने संस्कार पनि चाहिएको छ । आफ्ना
दृष्टिकोणलाई अरूका आँखाबाट जाँचपड्ताल गर्ने संस्कार बस्दै गएमा आजका कति कठिनाइ
आफैं हटेर जान पनि सक्छन् ।
No comments:
Post a Comment