समाचार घटनाका विवरण मात्र हैनन् । पत्रकारिताका अध्येताहरूले यसलाई अझ राम्ररी वर्णन गर्न सक्लान् । मेरो सामान्य बुझाइमा समाचारभित्र राजनीति र कवितात्मता (अङ्ग्रेजीमा भनिने politics and poetics) लुकेका हुन्छन् । लेख्ने, पढ्ने र विश्लेषण गर्नेले हरेक समाचारलाई निश्चित र फरकफरक ढङ्गले बुझेका हुन्छन् । समाचार स्वयं र तिनले सृजना गर्ने तरङ्गले समाजको सोच वा मानिसकता कस्तो छ र कुन दिशातर्फ उन्मुख छ ? भन्ने बुझ्न निकै सघाउँछन् ।
बितेका एकदुई साता मूलधारे र सोसल भनिने दुबै मिडियामा सामान्यभन्दा पृथक केही समाचारहरू चर्चाको शिखरमा रहे । ठोस निर्णयबिनै सकिने राजनीतिक 'छलफल', बर्डफ्लुले उब्जाएको मन्द त्रासदी, इजिप्टको किचलो वा निर्वाचनको जात्राका समाचारहरूले सृजना गरेको 'मोनोटोनी'का बीचमा आएका ति समाचारहरू विभिन्न हिसाबले रोचक र भिन्न थिए र धेरैको चासोका विषय पनि बने । सामान्यभन्दा केही पृथक यस्ता समाचारहरूको अग्रपङ्क्तिमा थियो माओवादी नेता कृष्णबहादुर महराको चर्च प्रकरण । महराको उपस्थितिमा नेपालगञ्जको चर्चमा भएको कार्यक्रम र त्यसमाथिको टिकाटिप्पणीले नेपालको वर्तमान राजनीति र नेपाल राष्ट्रको चरित्रका विषयमा गहन वहसको आरम्भ भएको बुझ्नसकिन्छ ।
एकैछिन कृष्णबहादुर महराको चर्च भ्रमणलाई हेरौँ । धर्मलाई 'अफिम' मान्ने मार्क्सवादी चिन्तनबाट दिक्षित माओवादी नेता कृष्णबहादुर महरा नेपालगञ्जको कुनै 'गोस्पेल एसम्ब्ली' चर्चमा गएछन् -उनकै शब्दमा पार्टीको कार्यक्रम अनुसार । त्यहाँ उनको भव्य स्वागत भएछ -जसलाई उनले दुबै हात जोडेर ध्यानपूर्वक ग्रहण गरिरहेको तस्वीर छापामा आएका छन् । स्वागत गर्ने चर्चका पादरीहरूले उनका शीरमा पहेँलो रङ्गको कपडा राखेछन् र त्यसमाथि हात राखेर उनी र संभवत उनको पार्टी एमाओवादीको उन्नति-प्रगतिका लागि 'प्रभु येशु'सँग प्रार्थना पनि गरेछन् । पृष्ठभूमिमा येशुका भक्तहरू प्रार्थनाका विभिन्न मुद्रामा लिन भएको देख्न सकिन्छ । उक्त कार्यक्रम भएको दुई हप्तापछि महराकै पार्टीका एक कार्यकर्ताले चर्चमा महराको उपस्थितिमा खिचिएका तस्वीर प्रेसलाई दिएछन् जसलाई आधार बनाएर अनलाइन पत्रिका सेतोपाटीले विस्तृत समाचार छाप्यो ।
समाचार 'ब्रेक' गर्ने सेतोपाटीले स्रोतहरूलाई उधृत गर्दै महराको चर्चसँग साँठगाँठ रहेको र उनी क्रमश: क्रिश्चियन धर्मबाट प्रभावित हुँदैगएको दृष्टान्त पेश गर्यो । उक्त समाचारमा केही विज्ञहरूले माओवादी र क्रिश्चियन धार्मीक संगठनहरूले गोप्य रूपमा काम गर्नेगरेको र यसबाट हिन्दुहरूको बाहु्ल्य रहेको नेपाललाई सुरक्षा खतरा रहेको टिप्पणी पनि गरेका छन् । समाचारमा नेपालका हिन्दुवादी पार्टीहरूले माओवादी पार्टी क्रश्चियन धर्म तथा धार्मिक संगठनहरूसँग नजिक रहेका कारणले नै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको आरोप लगाउने गरेको उल्लेख छ । उक्त समाचारमा प्रस्तुत भएका विचार र त्यसमाथि देश विदेशका पाठकहरूले गरेका टिप्पणी सर्सर्ति पढ्दा आममानिसमा नेपाली राजनीतिमा सबैभन्दा सिद्धान्तनिष्ट र शक्तिशाली भनेर चिनिएको एकिकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको धर्मनिरपेक्षताको एजेण्डा विदेशी इसारामा षड्यन्त्रमूलक ढङ्गले नेपालमा लादिएको भन्ने सोच क्रमश: विकसित हुँदै गएको देखिन्छ ।
एक पक्षबाट हेर्दा चर्चको कार्यक्रमका तस्वीरलाई नै आधार मानेर महरा र उनको दल एमाओवादीमाथि क्रिश्चियन धर्म प्रबर्धन गर्ने षड्यन्त्रमा संलग्न भएको आरोप लगाउनु न्यायोचित नहोला । उनी आफ्नै दलले खटाएर चुनाव प्रचारकै लागि चर्च गएका पनि हुनसक्छन् । उनी क्रिश्चियन धर्मबाट प्रभावित भएको भन्ने बुझाइ सतही र गलत पनि हुनसक्छ । समाचार बाहिर आउनासाथ महराले चर्च र आफूबीचको सम्बन्धको गलत व्याख्या भएको कुरा प्रेस विज्ञप्तिबाट प्रस्ट पारिसकेका छन् । फेरि महरा चर्चमा गएर येशुको भक्तिमा प्रार्थना नै गरेका हुन् भने पनि नेपालको कानुनमा उनको यो अधिकार सुरक्षित छ -कसैले उनलाई यसमा दोषी ठहर्याउने ठाउँ छैन ।
तर, महरा गम्भीर विवादमा मुछिएको यो पहिलो घटना भने हैन । उनले र उनको पार्टीले जतिसुकै प्रतिवाद गरेपनि कोही अमूर्त चीनिया बिचौलियासँग 'सांसद किन्न' पैसा माग्दै केही वर्षअघि गरिएको कुराकानीको आवाज उनकै हो भन्ने उक्त टेलिफोन संवाद सुन्ने सबैलाई थाहा छ । माओवादी उक्त टेप प्रकरणलाई षड्यन्त्र भनेर पन्छियो भने अरू राजनीतिक दलहरू 'शान्तिप्रकृया' भाँडिने डरले मौन बसे । शायद महराको यही विवादास्पद पृष्ठभूमिका कारण हुनुपर्छ धरै मानिसहरूले महरा र क्रिश्चियन चर्चबीचको सम्बन्धलाई पत्याइदिए । बरु धर्मनिरपेक्षतामा एमाओवादीको अडान भने शंकाको घेरामा पर्न गयो ।
म मानवशास्त्रको विद्यार्थी भएकाले मान्छेको सोच र व्यवहारमा आउने आकस्मिक परिवर्तनबाट कहिलै आश्चार्यचकित हुन्न र यसलाई स्वभाविक मान्छु । नेपालका धेरै कम्युनिस्ट नेता धर्म र अध्यात्मवादबाट प्रभावित भएका दृष्टान्त छन् । केही नाम चलेका 'शीर्ष' कम्युनिस्ट नेताले राँगा, भैँसी बली चढाएर भूतप्रेत भगाउन पूजाआजा गरेको समाचार पनि बाहिर नआएको हैन । निधारमा बोलबम लेखिएका पहेँला टाला बाँधेर माधव नेपाल र पुष्पकमल दाहालले बोलबम कावरियाको सभामा गएर भाषण गरेको केही दिनअघि मात्र हामीले टेलीभिजनमा देखेकै हो । नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्ति र परिवर्तनका लागि १७ वर्षको जेल सजाय भोगेका मोहनचन्द्र अधिकारी पछि पूर्णकालिन सन्यासी बनेकै हुन् । अर्का कम्युनिस्ट नेता राधाकृष्ण मैनाली पनि हिन्दु राजतन्त्रका ठूलै हिमायती भएका थिए पछि ।
तसर्थ, महराको चर्च प्रकरणलाई ठूलो घटनाका रूपमा लिन्न म । तर, यस घटनाले धर्मनिरपेक्षताको वहसलाई एकपटक सतहमा भने ल्याइदिएको छ । मानिसहरू नेपाल धर्म निरपेक्ष हुनु सही हो या गलत ? भनेर वहस गर्न थालेका छन् ।
दोश्रो जनआन्दोलनपछि पुनर्स्थापित संसदले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको हो -जसलाई पछि नेपालको अन्तरिम संविधानमा लिपिबद्ध गरियो । सैद्धान्तिक रूपमा धर्मको विरोध नगर्ने नेपाली कांग्रेसले पनि माओवादीको धर्मनिरपेक्षताको एजेण्डालाई पूर्ण समर्थनमात्र नभएर यसका पक्षमा खूलेर वकालत गरेको पनि हो त्यसबेला । नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा परिभाषित गरिएपछि नागरिक तहबाट कुनै ठूलो असन्तुष्टि वा कुनै प्रकारको उल्लेख्य प्रतिरोध सतहमा देखिएको थिएन -पशुपती ओरिपरी केही दर्जन जोगीहरूको जुलुसबाहेक । राज्यपुनर्संरचना र लोकतन्त्रीकरणको प्रकृयाको एउटा कडीका रूपमा धर्मनिरपेक्षतालाई सबैले स्वीकारेको हुनसक्छ ।
तर, विगत ५-७ वर्षमा परिस्थिति फेरिएको छ । संविधानसभाको असफलता, मूल राजनीतिक प्रश्नहरूमा राजनीतिक दलहरूबीच कहिलै अन्त्य नहुने असहमति, चुलिँदै गएको महँगी, बेथिति र भ्रष्टाचार, शान्तिसुरक्षाको अभाव, राज्यका विभिन्न अङ्ग-निकायहरू (जस्तै, सर्वोच्च अदालत) द्रुत गतिमा प्रभावहिन बन्दै जानु, विदेशी राष्ट्र र संस्थाहरूको आन्तरिक राजनीतिमा बढ्दो प्रभाव -आदि विभिन्न कारणले आमनागरिकहरूमा राजनीतिक दलहरू मुलुकलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सक्षम छन् भन्ने कुरामा शंका उत्पन्न हुनथालेको छ । यसका कारण राजनीतिक दलहरूले अग्रगमन र लोकतन्त्रीकरणका नाममा उठाएका एजेण्डाहरू क्रमश: धरापमा पर्नथालेका छन् । धर्मनिरपेक्ष राष्ट्रका रूपमा नेपालको पहिचान पनि क्रमश: सङ्कटमा पर्न थालेको देखिन्छ ।
हरेक नागरिकलाई कुनै धर्म मान्ने वा नमान्ने स्वतन्त्रता हुनुपर्छ । तर, राज्य कुनै धर्म विशेषबाट परिभाषित हुनु राम्रो हैन । राज्यको धर्म नागरिकको सुरक्षा र संरक्षण हो -इश्वर विशेषको भक्ति हैन । धर्मनिरपेक्षताका पक्ष र विपक्षमा हामी सयौँ पुस्तक र सयौँ मुलुकका संविधानका पाना पल्टाएर हप्तौँ वहस गर्न सकौँला -तर मेरो सहज बुद्धिले भन्छ बहुधार्मिक मुलुकमा कुनै एक धर्मबाट राज्य परिभाषित हुनु राम्रो हैन । हिन्दु राष्ट्रका रूपमा परिभाषित नेपालले हिन्दुबाहेक अन्य धर्म मान्ने र धर्म नमान्ने नागरिकलाई असम्मान गर्छ । फेरि कूल जनसंख्याको ८० प्रतिशतभन्दा बढी हिन्दुहरू भएको मुलुक धर्मनिरपेक्ष हुनु आफैंमा सुन्दर उदाहरण हो -जसबाट संसारका अन्य मुलुकले अल्पसङ्ख्यक समुदायलाई कसरि सम्मान गर्ने भनेर हामीबाट एउटा पाठ सिक्न सक्छन् । यसमा हिन्दुहरूले पनि गर्व गर्नुपर्छ ।
तर, राजनीतिक दलहरूको अकर्मण्यताका कारण धर्मनिरपेक्षतामा नेपालको यात्रा क्रमश: असहज हुँदै गएको लक्षण देखिन थालेको छ । विगतको केन्द्रीकृत र अलोकतान्त्रिक संस्कारमा बानी परेकाहरू नेपाललाई फेरि हिन्दु राज्य घोषणा गरिनुपर्छ भनेर माग गर्नथालेका छन् । लोकतन्त्र कै पक्षधरहरू पनि बुझेर या नबुझेर धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने विचार व्यक्त गरिरहेका छन् -८० प्रतिशतभन्दा बढी जनसङ्ख्या हिन्दु रहेको मुलुकमा धर्मनिरपेक्षतामा गरिने जनमतसंग्रहबाट के परिणाम आउला भन्ने त सबैलाई थाहै छ ।
विगत ७-८ वर्ष नेपाली राजनीतिक इतिहासका लागि अत्यन्त महत्त्पूर्ण अवधि हो । यस अवधिमा नेपालमा धेरै ठूला परिवर्तन भएका छन् । यसबीच हामीले धेरै मुद्दामा छलफल पनि गरेका छौँ -संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र, शासकीय स्वरूप आदि आदि । तर मेरो विचारमा राज्य पुनर्संरचना र लोकतन्त्रीकरणका सन्दर्भमा उठाइएका मुद्दाहरू निश्चित राजनीतिक दलका साँघुरा स्वार्थका सिकार भएका छन् । संघीयता, समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र आदि नराम्रा कुरा हैनन् -तर हाम्रा राजनीतिक दलहरूले यी एजेण्डाहरूबाट साँध्न खोजेको स्वार्थका कारण आज आममानिसहरू यी सबै एजेण्डाबाट सशंकित बन्नपुगेका छन् । हामी कतै पुरानै गन्तव्यमा फर्किनुपर्ने त हैन ? भन्ने संशय उत्पन्न भएको छ ।

sanjiv sir, pramaanit garna ta nasakiyela re, but absence of proof does not mean it is not true haina ra. yo maobadi ta chorai chor ko jhunda ho (baaki parties haru pani hun, no bhedbhav there) - chinese phone kaanda, sena ko sankhyaa kaanda, aafno karyakarta bhayeko aadharma jail nahaalne hath, etc. aru parties lai yetro chhut kaha chha bhannus ta! just like rome was not built in a day, india was not divided in a day either. bidesi chalkhel, swodesi kukurharuko gulaami, etc might lead us there one day ni. deshma aadhipatya kasaile jamaaunna, but chaos is/will be the synonym of new nepal, for the foreseeable future. ho ki hoina buda?
ReplyDelete