तिमीसँग लिनुपनि छ
तिमीलाई दिनुपनि छ ।
हाम्रो हिसाब किताबमा
सँच्याउनु पनि छ ।
यो हिसाब भुलेर तिमीलाई
बेहिसाब मनपराएँ ।
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ ।
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ ।।
राममान तृषितले लेख्नुभएको र नारायणगोपालले गाउनुभएको यो गीतमा प्रेमी-प्रेमीकाको 'हिसाबकिताब'को प्रसङ्ग उठाइएको छ, रमाइलो शैलीमा । गीतमा प्रेमी आफ्नी प्रेमीकालाई भन्दैछ -"हाम्रो हिसाबकिताबमा केहि समस्या छन्, त्यसलाई सँच्याउन जरुरी छ" । अनि फेरि तत्कालै स्वीकार गर्छ ती सबै हिसाब भुलेर उसले प्रेमीकालाई मन पराएको छ । चुपचाप ।
प्रेममा 'हिसाब' हुँदैन भन्ने विश्वास गर्छौं हामी -तृषितको प्रेमीले 'सबै हिसाब भुलेको' स्वीकार गर्छ गीतमा । मानिसहरू भन्छन् 'लभ इज ब्लाइण्ड' (प्रेम अन्धो हुन्छ) । प्रख्यात अङ्ग्रेजी उपन्यास 'जेन अ:र' (Jane Eyre) मा सालोट ब्रोन्टी (Charlotte Bronte) को प्रमुख पात्र जेनले वर्षौं अन्धो प्रेमीको सेवा र प्रतिक्षा गरेको कथा लोकप्रिय छ हामीमाझ । जेनको 'पवित्र' प्रेमलाई वास्तविक जीवनमा पनि उदारणीय मान्ने गर्छन् धेरैले । ब्याकस्ट्रिट बइजको -"आइ डोन्ट केयर हु यु आ:, व्हेर यु आ: फ्रम, व्हट यु डिड, एज लङ् एज यु लभ मी" भन्ने गीत सुन्दा यस्तो लाग्छ प्रेम दुई आत्माको मिलन हो -यसबाहेक बाँकी सबैकुरा गौण हुन् ।
के प्रेम साँच्चिकै माथिका गीत र उपन्यासहरूमा भनिएझैं 'अन्धो' हुन्छ त ? के यसमा 'हिसाबकिताब' हुँदैन ? 'भ्यालेन्टाइन्स डे' को पूर्वसन्ध्यामा यसको चिरफार गर्न मन लाग्यो । उमेर पुगेका केटा-केटीबीच हुने प्रेमको चर्चा गर्न मन लाग्यो ।
एकदिन हाम्रो सानो समूहमा प्राध्यापक चैतन्य मिश्रले आफ्नो लेखलाई छोटो प्रस्तुतिका रूपमा पेश गर्नुभयो । उहाँको लेखको शिर्षक थियो Political Economy of Love (प्रेमको अर्थ-राजनीति) । उहाँको तर्क थियो -नेपाली समाजमा केटा र केटीबीच हुने 'निस्वार्थ' भनिने गरेको प्रेम वास्तवमा निस्वार्थ हुँदैनन् । केटा वा केटीले प्रेम प्रस्ताव राख्नुअघि र पछि एक-अर्काका विषयमा प्रशस्त जानकारी राख्न खोज्छन् र राख्छन् पनि । कुन जातको ? कति पढेको ? पेशा-व्यवसाय कुन ? घर कहाँ ? बाबु-आमा के गर्छन् ? घर कत्रो ? आदि आदि । ओल्लो घर, पल्लो घरका केटा-केटीबीच मात्र हैन विदेश बस्ने केटा-केटीका बीच हुने मायापिरतीमा पनि यो सब कुराको राम्रो पूर्वमूल्याङ्कन गरिएको हुन्छ । समग्रमा उहाँको तर्क थियो -हामीले चोखो वा अन्धो भन्ने गरेको प्रेममा पनि शक्ति र सम्पत्तिको प्रभाव हुन्छ । किनकी हाम्रो समाजमा प्रेमको उत्कर्ष बैवाहिक सम्बन्ध हो र परिवार एक आर्थिक-राजनीतिक एकाइ हो । प्रेम वास्तविक होला तर निस्वार्थ हुँदैन ।
उहाँको प्रस्तुतिबाट प्रेमप्रतिको मेरो धारणामा परिवर्तन आयो । प्रेम पनि सामाजिक सम्बन्धभन्दा माथि नहुने रहेछ झैं लाग्यो । त्यसपछि 'अन्धो' र 'चोखो' प्रेमप्रतिको आमधारणामा विश्वास गर्न छोडिदिएँ मैले ।
'हिसाबकिताब'बीनाको प्रेम असंभव छ । तर रिचर्ड डकिन्स (Richard Dawkins) नामका जीवशास्त्री अलि फरक खालको 'हिसाबकिताब'को कुरा गर्छन् । The Selfish Gene भन्ने सन् १९७६ मा प्रकासित पुस्तकमा डकिन्सको तर्क छ : मानिसको 'जिन' वा भनौं प्राकृतिक बनौट नै आधारभुतरूपमा 'स्वार्थी' छ । उनको विचारमा मानिसले गर्ने व्यवहार सधैं आफ्नो सन्ततिको समृद्धि वा विस्तारको जैविक उद्देश्यबाट निर्धारित हुन्छ । उनी भन्छन् हामीले गर्ने कुनैपनि सामाजिक व्यवहार 'स्वार्थरहित' हुनै सक्दैनन् किनकी स्वार्थबीना सन्तति विस्तार संभव छैन । निस्वार्थ (Altruism) भन्ने चिज आडम्बर हो, असत्य हो ।
अब एकैछिन प्रेमका विषयमा डकिन्सको धारणा हेरौं । डकिन्स भन्छन् एक वयस्क महिलाले आफ्ना लागि पुरुष छनौट गर्ने क्रममा आफ्ना भावी सन्तानका लागि भौतिक र सामाजिकरूपमा उपयुक्त मानिसको खोजी गर्छिन् । वलिष्ठ शरीर, सुगठित व्यक्तित्व, स्रोत-साधनले सम्पन्न, बुद्धिमान -आदि आदि । त्यसैगरि, एक पुरुषले आफ्ना लागि महिला छनौट गर्ने क्रममा पनि आफ्ना सन्तानका लागि योग्य आमा बन्नसक्ने गुणहरूको खोजी गर्छ । पुष्ट शरीर, आकर्षक व्यक्तित्व, कोमल भाव, आदि आदि । यसरी हेर्दा महिला र पुरुषबीच हुने प्रेम सतहमा 'निस्वार्थ' देखिए पनि वास्तविकतामा त्यहाँ स्वार्थ अन्तर्निहित हुन्छ नै ।
यहाँनिर प्रश्न उठ्छ धनसम्पत्ति, शरीर, सामाजिक प्रतिष्ठा, जातपात नहेरी पनि त मानिसहरू प्रेम गरिरहेका हुन्छन् । कतिले निस्वार्थ प्रेमलाई विवाहपछिको संघर्षबाट सफल बनाएका र कतिले निस्वार्थ प्रेमका कारण समाजबाट अपहेलित हुनुपरेका कथाहरू हाम्रा वरिपरी छन् । यस विषयमा मलाई लाग्छ सबैको एकै प्रकारको स्वार्थ नहुनसक्छ । तर हरेक सम्बन्धमा स्वार्थ हुन्छन् । स्वार्थ शब्द हामीलाई मन पर्दैन । अरूलाई 'स्वार्थी' भन्नु त गाली गरेजस्तै हो । तर, स्वार्थ नराम्रो हुन्छ नै भन्ने छैन । स्वार्थ हुनुपर्छ र स्वार्थलाई लुकाउन आवश्यक छैन ।

मेरो लागि यो सँसारमा दुईटा दर्शन सत्य लाग्छन्ः मार्क्सवाद र फ्रायडको यौन मनोविज्ञान । जसअनुसार मानिसका आधारभुत आवश्यकता गाँस बास र कपास अर्थसित सम्बन्धित छन् । त्यसपछिको आवश्यकता मनोरञ्जन र त्यसको सबैभन्दा माथि यौन रहन्छ । त्यसैले मेरो लागि धेरै िसम्बन्ध या त आर्थिक आवश्यकता पुर्तिका लागि बनेका हुन्छन् वा यौन सुखका लागि । प्रेम भन्ने कुरा पनि यीमध्ये एक वा दुवै उद्देश्य पुर्तिका लागि हुने गर्दछ । अलौकिक वा निःस्वार्थ प्रेम भन्ने कुरा सम्भव छैन ।
ReplyDeleteअनि बाई द वे भ्यालेन्टाइन डे र प्रेमको सँस्कृतीलाई नै कसरी बजारले गाँजेको छ भन्नेबारे मेरो यो लेख पनि रोचक हुनसक्छ है http://mediadiscourses.blogspot.com/2012/02/capitalism-and-valentines-day.html
ReplyDelete"नेपाली समाजमा केटा र केटीबीच हुने 'निस्वार्थ' भनिने गरेको प्रेम वास्तवमा
ReplyDeleteनिस्वार्थ हुँदैनन् । केटा वा केटीले प्रेम प्रस्ताव राख्नुअघि र पछि
एक-अर्काका विषयमा प्रशस्त जानकारी राख्न खोज्छन् र राख्छन् पनि । कुन
जातको ? कति पढेको ? पेशा-व्यवसाय कुन ? घर कहाँ ? बाबु-आमा के गर्छन् ? घर
कत्रो ? आदि आदि ।"
यही शब्दले सोच्न बाध्य बनायो । अरु कुरा त हैन - लवबर्डले प्रेम गर्न चाहनु र तिन्का बाउले बिहे ग्रनु
सत्य यही हो कि "सामाजिक प्रतिस्ठा, आर्थिक हैसियत आदी कुरालाई छोडेर गरिने प्रेम "उदाहरण" को लागि मात्र केही अपबाद होलान । प्रेम के को लागि गर्ने त ? मानौ केटाले किटिको लागि : राम्री (अनुहार सुन्दर) , बिबेकी (संगत पछी मात्र थाहा हुने), शिक्षित आदी हेरेर माया गर्छ भने त्यसमा सबै स्वार्थ भएन र ? निस्वार्थ आधार केलाई बनाउने त ? त्यसैले सन्जिब सरको यो लेख एकदम सान्दर्भिक लाग्यो । प्रेम स्रेम केही छैन सबै "कम्पर्माइज" हो ।
ReplyDeleteहो, सबै जीनको करामत! जीवका हरेक कृयाकलाप जीन र वातावरणको (gene x enviroment interaction को संज्ञा दिइन्छ) उत्पादन। मेरा २ पैसे विचारलाई कनीकुथी पोष्टिया थिएँ भर्खरजसो...
ReplyDeleteधनसम्पत्ति, शरीर, सामाजिक प्रतिष्ठा, जातपात नहेरी पनि त मानिसहरू प्रेम गरिरहेका हुन्छन् । कतिले निस्वार्थ प्रेमलाई विवाहपछिको संघर्षबाट सफल बनाएका र कतिले निस्वार्थ प्रेमका कारण समाजबाट अपहेलित हुनुपरेका कथाहरू हाम्रा वरिपरी छन् । Touchy cha :)
ReplyDeleteप्रसंसनिय लेखन शैली ! सोंचनीय बिषयबस्तु ! अनि मानव प्रबृत्तिको तथ्य संगत विश्लेषण ! लेखमा सबैकुरा एकदम convincing लाग्यो। तर यसले केहि प्रश्नहरु उब्जाएर छोडे झैँ लाग्यो। जस्तो कि, के मानिसको प्राकृतिक बनोटले नै मानिस त्यागि र निस्वार्थी हुने नसक्ने छ ? या के मानिसमा त्याग र निस्वार्थी भावना जगाउने कुनै 'जिन' नै छैन? के निस्वार्थी र त्यागि भावना मिथ्या हो? थोरै अस्पस्ट भए झैँ लाग्यो। प्रस्तुत तर्कमा संगसंगै मानिसमा हुने निस्वार्थ र त्यागि भावको अप्रासंगिकता को पनि थोरै चर्चा र उदाहरण समाविष्ट भएको भए सुनमा सुगन्ध हुन्थ्यो कि ? बस यति नै !! धन्यबाद सर ! अझ धेरै पढ्न पाउने आशा राख्दछु।
ReplyDeleteजहाँ सम्म हजुर ले उठान गरेको बिसयबस्तु छ त्यो समय सान्दर्भिक र पठनीय छ तर यहा हजुर को आफ्नो विचार प्रस्ट पार्नु भय जस्तो लागेन |
ReplyDeleteप्रेम र बिबाह को सन्दर्भ मा प्रेम सबै ले बिबाह गर्न का लागि मात्र नगर्न सक्ने सम्भावना पनि रहन सक्छ |
Richard Dawkins को The Selfish Gene को कुरा गर्दा, र त्यसमा पनि मानिस, निस्वार्थता (Selflessness) र परसेवा/निस्वार्थता (Altruism) को कुरो उठ्दा एउटा छुटाउन नहुने पक्ष के हो जस्तो लाग्छ भने-
ReplyDeleteGene को स्वार्थले सबै प्राणी सन्चालित हुन्छन् तर gene नै सबैथोक होइन, विशेष गरी मानव जातिका लागि। त्यस किताबको अन्त्य तिर डकिन्सले लेखेका छन्-
"Are there any good reasons for supposing our own species to be unique? I believe the answer is yes. Most of what is unusual about man can be summed up in one word:'culture'."
जसरी प्राकृतिक क्रम-विकास र चयनको आधारभूत एकाईका रुपमा Gene लिने गरिन्छ छ, त्यसरी नै culture को क्रम-विकास र चयनको आधारभूत एकाईका रुपमा meme लाई लिन सकिन्छ।
"Examples of memes are tunes, ideas, catch-phrases, clothes fashions, ways of making pots or of building arches. Just as genes propagate themselves in the gene pool by leaping from body to body via sperms or eggs, so memes propagate themselves in the meme pool by leaping from brain to brain via a process which, in the broad sense, can be called imitation."
तपाईँको यस ब्लगमा व्यक्त भएका विचारले धेरैलाई प्रभावित पारेका हुन सक्छन् जुन तपाईँले अरु कसैको विचारबाट प्रभावित भएर लेख्नुभएको हुनसक्छ। र तपाईँको पाठकले यसकै आसपासमा रहेर आफ्नो विचार अरुसँग बाँड्न सक्छन्। यो 'विचार' को एकाइ नै एउटा meme भयो। यो 'विचार' एक देखि अर्को मानिसको दिमागमा छिर्छ र त्यसरी नै फैलिन्छ। meme को एउटा स्वार्थ भनेकै फैलिनु हो, यदि यसलाई स्वार्थ भन्न मिल्छ भने।
त्यस्तै 'निस्वार्थता' लाई पनि एउटा meme नै मान्न सकिने भयो, यो पनि फैलिन चाहन्छ, र फैलिएको पनि छ। यसरी हेर्दा त 'निस्वार्थता" मै स्वार्थ देखियो। वास्तवमा 'स्वार्थ' को व्याख्यालाई कति हदसम्म तन्काउने भन्ने कुरो हो। "मैले राम्ररी हात धोएँ, मेरो हात अब सफा छ।" भनेर कसैले भन्छ भने, "होइन, जस्तै साबुनले पनि ९९% सम्म मात्र किटाणु मार्छ त्यसैले तेरो हात अझै फोहोर छ।" भनेर निउँ खोजेको जस्तो भयो। त्यसैले निस्वार्थ प्रेमको अवधारणालाई पनि जड-प्राविधिक रुपले नहेरी यसको अस्तित्वलाई कुनै हदसम्म मान्न सकिन्छ कि भन्ने लाग्छ।
डकिन्स लेख्छन् -
"हामी जन्मैले स्वार्थी छौं, त्यसैले उदारता र निस्वार्थता सिकाउने प्रयास गरौं। हाम्रा आफ्नै स्वार्थी जीन हामीलाई के गराउन खोज्दै छन् बुझौं र त कम से कम तिनको डिजाइन इतर चल्ने सम्भावना देख्न सक्छौं। एउटा त्यस्तो कदम जो अैलेसम्म अन्य कुनै प्रजातिले चाल्ने चेष्टा गरेका छैनन्।"
"Let us try to teach generosity and altruism, because we are born selfish. Let us understand what our own selfish genes are up to, because we may then at least have the chance to upset their designs, something that no other species has ever aspired to."