मनमा विभिन्न विचारहरू आइरहन्छन् । कति छिप्पिन नपाउँदै वाफ भएर उड्ने ; कतिचाहिँ पछि आफैंलाई वाहियात लाग्ने । लेखिहालौं र अरूलाई सुनाइहालौं जस्ता विचार थोरै मात्र हुने रहेछन् । मलाई मात्र यस्तो लाग्ने हो की अरूलाई पनि यस्तै हुन्छ -थाहा छैन । तर, मनमा कहिलेकाहिं तुफान भएर आउने टुक्रे कुरा पनि महत्त्वहीन नै हुन्छन् भन्ने छैन । आज केहि टुक्राहरू जोडजाड गर्न मन लाग्यो ।
केहि दिनअघी हाम्रो (हामी नेपालीको) 'सतहीपना'का विषयमा सोचिरहेको थिएँ । अङ्ग्रेजी भाषामा यसलाई Superficiality भन्छन् क्यारे । सोचाइको सतहीपन सबै स्थान र सभ्यतामा हुन्छ, तर मलाई लाग्छ हाम्रो सोच्ने शैलीमा सतहीपन बढी छ । नेपालमा पनि केहि मानिसहरू नभएका हैनन् जसले कुराको गहिर्याइमा पुगेर सोच्ने गर्छन् । तर, तिनको संख्या न्यून छ । आमरूपमा भन्नुपर्दा हामी सतही छौं । आफूलाई मन पर्ने कुरा झट्टै विश्वास गरिहाल्ने । आफूले विश्वास गरेको मान्छेले भनेको झट्टै पत्याइहाल्ने । आफ्नो विश्वास र मान्यताप्रति कहिलै शंका नगर्ने र यसमा कसैले प्रश्न उठायो भने उल्टो त्यसलाई शंका गर्ने ।
एउटा सानो उदाहरणबाट कुरा सुरु गर्छु । मेरी आमा 'मानिस मरेपछि विभिन्न जुनी पार गरेर विभिन्न लोकमा घुमीरहन्छ' भन्ने कुरामा विश्वास गर्नुहुन्छ । यो उहाँले कुनै कर्मकाण्डी ब्राम्हणको मुखबाट सुन्नुभएको होला -गरुड पूराणमा हुनसक्छ । उहाँलाई 'मानिसको परलोक भगवानप्रतिको श्रद्धा र बाँच्दा गरिने दानधर्मबाट निर्धारित हुन्छ' भन्ने कुरामा अटल विश्वास छ । मैले यस कुराको जति आलोचना वा व्याख्या गरेपनि उहाँ सुन्नुमात्र हुन्छ, आफ्नो विश्वासमा शंका गर्नुहुन्न । गर्न सक्नुहुन्न ।
मेरी आमाले कहिलै स्कूलको आँगन टेक्न पाउनुभएन । स्वस्थानी, गीता वा अन्य यस्तै धार्मिक पुस्तकबाहेक अरू कुराको अध्ययन गर्नुभएन वा पाउनुभएन । मन्दिर र तीर्थस्थलबाहेक अन्त घुम्न जानुभएन । आफ्नै भाषा बोल्ने, समान संस्कृति भएका वा आफन्तबाहेक अन्यसँग घुलमील गर्न पाउनुभएन । जीवन र जगतप्रतिको मानिसको दृष्टिकोण उसको 'अन्तर्क्रिया'बाट निर्माण हुने हो । मेरी आमाको अन्तर्क्रियाको परिधी साँघुरो थियो र छ ।
तर, पढेलेखेका र चेतनशील भनिएका र बाहिरी विश्वसँग प्रशस्तै अन्तर्क्रिया गर्ने हामीचाहिं कस्ता छौं त ? हाम्रो सोच्ने शैली कस्तो छ ? के हामी आफ्नो विश्वासमा शंका गर्छौं वा गर्नसक्छौं ? के हामी अरूका विश्वास वा बुझाइलाई महत्त्व दिन्छौं ? के हामी आफ्ना विश्वासको सीमिततालाई स्वीकार गर्छौं ? मलाई लाग्छ यो क्षमता हामीमा अत्यन्त न्यून छ । र हाम्रो अविकास र पछौटेपनको मूल कारण पनि यहि नै हो ।
मलाई धेरैअघि कसैले सुनाएको थियो -संगीतमा आकासबाट पानी पार्नेसम्मको शक्ति हुन्छ । मैले विश्वास गरिरहेको रहेछु । हुनसक्छ मैले गफगाफमा यो कुरा अरूलाई पनि सुनाएँ होला -तपाईंलाई सुनाएको भए माफ पाउँ :) । एकदिन एक्कासी यो कुरा मनमा आयो । आफ्नै विश्वासप्रति हाँसो उठ्यो । संगीतका राग र बादलबीच के साइनो ? निर्जीव वादललाई मानिसको संगीतप्रति के आकर्षण ? म त बादलको पनि आफ्नो जस्तै मन हुन्छ र संगीतप्रति लगाव हुन्छ भन्ने कुरामा विश्वास गरिरहेको रहेछु । कस्तो अचम्म । तर, यहि कुरा आज पनि धेरै मानिसले सुन्छन् र पत्याउँछन् पनि ।
सुनेको कुरा पत्याइहाल्ने चरित्रलाई अङ्ग्रेजीमा गलबल (gullible) भन्छन् । हामी संसारकै महान र अब्बल गलबल हौं की जस्तो लाग्छ । जसले जे भने पनि पत्याइदिने । उदाहरणका लागि राणाको हिन्दू राष्ट्रवाद, राजाको विकासवाद, कांग्रेसको समाजवाद, विदेशीको आधुनिकतावाद, एमालेको बहुदलीय जनवाद, माओवादीको साम्यवाद अनि मधेशी दलको मधेशवादलाई निशंकोच पत्याएका छौं हामीले । नेपाल संसारकै सुन्दर देश हो र नेपाली संसारकै असल नागरिक हुन् भनेर पनि पत्याउँछौं ।
जीवन र जगतलाई समष्टिमा बुझ्न इतिहासको चेत चाहिन्छ । इतिहासमा हामीलाई रुचि छैन । पटक्कै छैन । इतिहास भनेको परिक्षा उत्तिर्ण गर्नलाई पढ्ने पाठ्यपुस्तक मात्र हो हाम्रा लागि । त्यसमाथि हाम्रो इतिहास लेखाइ नै लङ्गडो छ । राजा-महाराजाको तारिफले भरिएको पढ्दै दिगमिग लाग्ने फोहोरी वर्णन जसलाई शासकले प्रोपागाण्डाका लागि लेखाए । महिन्द्र मल्ल भन्ने राजा जाडामा चिसो ढुङ्गामाथि बसेर र गर्मीमा आगो तापेर तपस्या गर्ने त्यागी नरेश थिए भनेर हाम्रो इतिहासले बताउँछ । कोहि हड्डीले भरिएको इनारमा हाम फाल्थे रे, कसैका १०० भन्दा बढी श्रीमती थिए रे ! हामी त्यसैलाई इतिहास भन्छौं । अङ्ग्रेजीमा 'फिलसफी अफ हिस्ट्री' भनिने विश्लेषणात्मक इतिहास छैन हाम्रो -केहि अपवाद बाहेक त्यो पनि धेरैजसो विदेशीले लेखिदिएको । समग्रमा हाम्रो इतिहास छ तर लेखिएको छैन । जति लेखिएको छ त्यो वास्ता गरिएको छैन ।
जीवन र जगतको बुझाइको लागि आफूलाई आफ्नो परिधि (कन्टे्क्स्ट)बाट एकैछिनलाई अलग राखेर संसार हेर्न सक्नुपर्छ । अलि माथिबाट । आफ्नै परिधिमा जेलिएर हैन । आफ्नै विश्वासको दास भएर हैन । आफूले सधैं मानेको र सुनेको कुरा त आफूसँग छँदैछ, त्यो कसैले खोसेर लाने हैन -तर यसबाहिरको कुरा के रैछ त ? भनेर हेर्ने सक्नुपर्छ । यसलाई शंका गर्ने क्षमता (Capacity to Doubt) भन्न सकिन्छ । यो क्षमता हामीमा कम छ । हामी आफ्नो विश्वासमा कहिलै शंका गर्दैनौं, अरूको विश्वासमा सधैं शंका गरिरहन्छौं ।
अन्तमा एउटा अर्को उदाहरणबाट कुराको बिट मार्छु । नेपालमा धेरै मार्क्सवादी चिन्तकहरू छन् । धेरै पढ्छन्, धेरै लेख्छन् । तर, आफ्नो विचारसँग मिल्ने कुरामात्र पढ्छन् र आफूलाई वर्षौं अघिदेखि थाहा भइरहेको कुरामात्र पटक-पटक लेख्छन् । आफ्नो विचारमा शंका गर्दैनन् । समाज वर्गीय चेतनाबाट निर्देशित छ भन्ने विश्वास गर्छन् तर आफू (वा अन्य कोही) कुन वर्गमा पर्छन भन्ने कुराको चित्त बुझ्दो जवाफ दिन सक्दैनन् -वा भनौं अहिलेको गतिशील र परिवर्तित विश्व संरचनामा वर्गीय चिन्तनको सान्दर्भिकता छैन भनेर बुझ्न सक्दैनन् । उनीहरूसँग चानचुन १०० ओटाजति हिन्दी भाषाका (नेपालीमा पनि मिल्ने) अप्ठेरा शब्द छन् -जहाँ पनि तिनै शब्द गिजोल्छन् । केहि विषयमा दृष्टिकोण राख्नुपर्यो भने अमेरिकालाई गाली गरेर सुरू गर्छन् र नेपालको जनवादी क्रान्ति अधुरो रहनुमा बुर्जुवाको ढुलमुल र पुँजीवादीको षड्यन्त्रको दोष छ भनेर कुराको बिट मार्छन् ।
मैले पनि यहिं बिट मारें ।

Agree! as we are conditioned so no one want to break the shackles and i believe when you break the shackles of illusion you can experience the reality.
ReplyDeleteम जहिले पनि बिद्यार्थीहरुलाई सुझाव दिन्थे - सक्छौ भने करियरमा प्रवेश गर्नु अगाडी तीन ठाउँमा internship गर । पहिलो मास्टरी, यसले अनुशाशनको महत्व सिकाउछ । दोस्रो वकिल कार्यालयमा - यसले मिहेनत र अध्ययनशिलता सिकाउछ । तेस्रो पत्रकारिता - यसले आत्मविश्वास र क्रिटिकल थिन्किंग सिकाउछ । पत्रकारिताको क्रिटिकल थिन्किंग भनेको कुनै पनि कुरा माथि शंका गर्ने र त्यसको legitimacy माथि प्रश्न गर्ने हो भन्ने मेरो विचार हुन्थ्यो । तपाईको कुरो नि ठ्याक्कै मिल्यो ।
ReplyDeleteजुन सन्दर्भलाई जती रहस्यमय तरिका ले उठान गर्नु भयो अन्तिम सम्म आउँदा गुदि निस्केन । अली छोटो भएर कती कुरा (प्याराग्राफ) नै हराए कि?, समग्रमा एक लाइन मात्र लेख्नु भयो। शिर्शक भन्दा अगाडि बढेको पाइएन । उठान गरेको कुरालाई अली ब्रिस्तित रुपमा लेख्नु हुनेछ पछी भन्ने आशा छ । तर "बिट मारेँ" सम्म नै कौतुहल पूर्ण छ । #कौतुहल नै रह्यो :)
ReplyDelete"आफूले सधैं मानेको र सुनेको कुरा त आफूसँग छँदैछ, त्यो कसैले खोसेर लाने हैन -तर यसबाहिरको कुरा के रैछ त ? भनेर हेर्ने सक्नुपर्छ" छोटो मिठो
ReplyDeleteल गज्जप ! अँ प्राइभेट लिमिटेडको कमेन्टमा मैले पनि थोरै समर्थन जनाएँ। सञ्जिव सरको ब्लग भनेपछि कुराको चुरो र जरासम्म पुगिन्छ भन्ने सोच रहन्छ। शुरूवातबाट अन्तिमसम्म आउँदा जिज्ञासा रहिरह्यो :)
ReplyDeleteलेख राम्रो लाग्यो । म पुरै सहमत छु । मुलतः ऐतिहासिक चेत र इतिहासप्रतिको शंकामा । हामीले इतिहासलाई समग्र रुपमा हेर्न नसक्दा एउटै प्रकृतिका घटना वा मुद्दालाई फरक फरक किसिमले व्याख्या र विश्लेषण गर्छौँ । जसले गर्दा अरुले जे भने त्यही पत्याइहाल्ने बन्छौँ हामी । गलबल यही शव्द हो हाम्रो चरित्र चित्रण गर्न ।
ReplyDeleteGood one. Final paragraph being the icing on the cake.
ReplyDelete