मानिसहरू भन्छन् -हाम्रो (नेपालीले चलाउने) सोसल मिडियामा 'नेगेटिभिज्म' बढी भयो । सकारात्मक कुराको चर्चा भएन । जेमा पनि खोट लगाउने काम मात्र भयो । सोसल मिडिया प्रयोग गर्नेहरू गाली फ्यालेर ताली बटुल्ने आत्मरतिमा लिन भए । यस्तो नकारात्मकताले सृजनशीलतालाई खियाउँछ । समाजमा नकारात्मक सोच हावी हुन्छ । राम्रो कामले आवश्यक प्रेरणा पाउँदैन । आदि आदि ।
सकारात्मक सोचका यी पक्षपातिहरू भन्छन् -सकारात्मक सोचले समाजमा सद्भाव कायम राख्छ । राम्रो काम गर्नेलाई प्रेरणा मिल्छ । जनमानसमा हौसला बढाउँछ । सबैको सोच सकारात्मक भए समाज रचनात्मक ढंगले अगाडि बढ्छ, द्वन्द्व र बैमनश्यतामा कमी आउँछ । समग्रमा सकारात्मक सोच शान्तिपूर्ण र उन्नत समाजका लागि आवश्यक छ । आदि आदि ।
झट्ट सुन्दा कुरो गलत हैन । सकारात्मकताको वकालत गर्ने केही मित्रहरूका टिप्पणीले मलाई पनि कहिलेकाहीँ झस्काएका छन् । 'म कतै नकारात्मकताको रोगबाट ग्रसित त छैन' भन्ने शंका पनि मनमा घरिघरि नउब्जेको हैन । तर, जब म यस विषयलाई गहन रूपमा सोच्न खोज्छु तब मलाई नकारात्मक सोचका बारेमा सोसल मिडियामा हुनेगरेका धेरैजसो टिप्पणी गलत लाग्छन् । आज केही समय लिएर यस विषयमा चर्चा गर्न खोज्दैछु ।
१. के 'नकारात्मक सोच' समाजका लागि साँच्चिकै घातक हो त ?!
हैन । आफ्नो नाक मुन्तिरका वस्तु र परिस्थितिका नराम्रा पक्षहरू खोतल्नु, तिनिहरूमाथि टिप्पणी गर्नु र आक्रोश पोख्नु न त गलत हो न त अनुपयोगी नै । आलोचना समाज परिवर्तनको ऊर्जा हो । अठारौं र उन्नाइसौं शताब्दीमा युरोपियनहरूले आफ्नो समाजका अधिकांश संस्था र मान्यताहरूलाई पुन:संरचना गरे -फ्रान्सेली क्रान्तिका दौरान । यो सामाजिक अभियान हामीले भन्नेगरेको नकारात्मकताकै ऊर्जाबाट सञ्चालित थियो । नेपालमै पनि केन्द्रीकृत राज्यप्रणाली, असमावेशी संरचना, सामाजिक-आर्थिक विभेद, लैङ्गीक असमानता आदि समस्याहरूको उठान त्यहि नकारात्मक सोचका उपज हुन् । छोटकरीमा भन्दा, नकारात्मक सोच गतिशील समाजको परिचायक हो र यसबाट कसैले डराउनु पर्दैन ।
नकारात्मक सोचको विरोध गर्नेहरूले के बुझ्नुपर्यो भने शंका र अविश्वासका माध्यमले मात्र जीवन र जगतका बारेमा थप वा नयाँ ज्ञान प्राप्त गर्ने सकिन्छ । शंका र अविश्वास (जसलाई प्रशिद्ध दार्शनिक कार्ल पपरले conjectures भनेका छन्) विज्ञानका आधारस्तम्भ हुन् । शंकाका आधारमा स्थापित मान्यतालाई गलत प्रमाणित (refute) गरेर विज्ञान अघि बढ्छ । अठारौं र उन्नाइसौं शताव्दीमा युरोपियनहरूले चर्च, संभ्रान्त वर्ग र राजतन्त्रप्रति शंका र अविश्वास (नकारात्मकता) नराखेका भए आज युरोपले ज्ञान र विज्ञानका क्षेत्रमा यति धेरै प्रगति हासिल गर्न सक्ने थिएन होला ।
२. के 'सकारात्मक सोच'ले समाजलाई उन्नत बनाउने हो ?!
हैन । मानिसले आफूले देखेका सकारात्मक कुराहरूलाई इमानदार भएर त्यही रूपमा प्रस्तुत गरेको राम्रो । तर, समग्र सोचलाई सकारात्मकताको साँचोमा ढालेर हरेक कुरामा सकारात्मकता खोज्नु सर्बथा गलत हो । नभएको सकारात्मकता बलजफ्ति खोज्ने कामलाई सही मान्न सकिन्न । यसबाट गलत सोच र व्यवहारले प्रश्रय पाउँछ । सकारात्मक सोचको रटानले समाजमा 'क्रिटिकल मास' निर्माण हुनसक्दैन जसको प्रतक्ष फाइदा शोषक वा तानाशाहहरूले पाउँछन् । नेपाललगायत विश्वका विभिन्न देशमा सकारात्मक सोचलाई तानाशाहहरूले थेगो बनाएको देखिन्छ ताकि उनीहरूका गलत नीति र गतिविधिमाथि कसैले प्रश्न नउठाओस् । सोसल मिडियामा पनि सकारात्मक सोचलाई निरपेक्षरूपमा समर्थन गर्ने प्रवृत्तिलाई आडम्बरमात्र ठान्छु म ।
कुनै विषयमा बलजफ्ति सकारात्मकता खोज्ने शैलीलाई अङ्ग्रेजी भाषामा Teleology भन्ने गरिन्छ । बीसौं शताब्दीको मध्यतिर सामाजिक सिद्धान्तकारहरूले प्रकार्यवाद (Functionalism) को नाममा यस्तो सोचको प्रचार गरे । उनीहरूका अनुसार समाजमा भएका सबै राम्रा-नराम्रा कुरा (सोच, रीतिथिति, संस्कार, आदी)को निश्चित उपयोगिता हुन्छ जसका कारण त्यसको अस्तित्व रहेको हुन्छ । उनीहरू भन्छन् -हामीलाई झट्ट हेर्दा कुनै चिज नराम्रो लागे पनि यसको निश्चित र सकारात्मक उपयोगिता रहेको विर्सनु हुँदैन । तर आज यो सिद्धान्त इतिहासका पानामा सीमित छ र यसलाई मनोरञ्जनका लागि मात्र पढिन्छ । समाजमा भएका गलत सोच, प्रवृत्ति, संस्कार र गतिविधिलाई 'कालान्तरमा यसको उपयोगिता छ' भनेर सुम्सुम्याएर राख्ने सकारात्मकता उल्लुपन मात्र हो ।
३. किन हुन्छ नकारात्मक सोचको आलोचना
हाम्रो सोच्ने शैलीमा एउटा समस्या छ । त्यो के भने हामी आफ्नो बुझाइ, मान्यता र विश्वासको सीमितताप्रति सचेत छैनौं । हामी आफूले सोचेको कुरा सकारात्मक र अरूले सोचेका कुरा नकारात्मक ठान्ने गर्छौं । अनि जसले आफूलाई चित्त नबुझ्ने कुरा गर्छ त्यसलाई नकारात्मकताको बिल्ला लगाएर आफू सही भएको आत्मरतिमा रम्ने गर्छौं ।
र अन्त्यमा, नेपालीहरू सोसल मिडियामा पूर्णरूपमा नकारात्मक छन् भन्ने तर्क गलत छ । नेपालको हालको राजनीतिक र आर्थिक दुरावस्थाका कारण हामीमा नकारात्मकता बढी भएको हुनसक्छ । तर, सोसल मिडियामा सबै मुलुकका मानिसहरूमा 'नकारात्मकता' देखेको छु मैले । यसको सहज उदाहरण बिबिसी वा सिएनएनमा ट्विटर वा फेसबुकमार्फत् समसामयिक विषयमा पाठक/श्रोताले गर्ने टिप्पणीहरूलाई हेरे पुग्छ ।
त्यसैले, सकारात्मकताको आडम्बरबाट मुक्त हुन र अरूका अभिव्यक्तिलाई सकारात्मक वा नकारात्मकताको कसीमा मूल्याँकन नगर्न म सबैलाई अनुरोध गर्छु ।

गजप मन परयो । सोसल मिडियालाई नकारात्मक भयो भनेर गाली गर्ने हरुका लागि यो राम्रो जवाफ हो । सोसल मिडिया साच्चै नकारात्मक मात्रै हो भन्ने सोच नै गलत हो । पत्रकारितामा भनिन्छ कि नराम्रो समाचार नै राम्रो समाचार हो किन भने मानिस त्यहि धेरै पढ्छन त्यसै गरि सोसल मिडियामा पनि नकारात्मक कुरो बढी पढिन्छ र कमेन्ट त्यसमै आउने हुनाले धेरैले तेस्तै लेख्छन । सोसल मिडियामा भएका सकारात्मक कुरोहरु धेरै छन्, तर तिनको चर्चा कम हुन्छ ।
ReplyDeleteजुन ब्लग पढे त्यै राम्रो । गज्ज़ब्को शैली अनि शब्द र बिषयबस्तु चयन गर्न सक्ने हजुरको खुबी देख्दा कहिलेकहीं त साह्रै आह्रिस लागेर पो आउछ भन्या ।
ReplyDeleteराम्रो प्रयास ।
ReplyDeleteमैले केही समय अघि लेखेको ब्लग पनि झन्डैझन्डै यस्तै बिषयमा थियो । पढ्न चाहानुहुन्छ भने लिंक यहाँ छ http://bgshekhar.blogspot.com/2012/09/blog-post_11.html
उज्जवलजी, विनयजी र सन्तोषजीलाई धन्यवाद । विनयजीको पोस्ट मन पर्यो । म यहाँका विचारको समर्थक हुँ । मेरो विरोध 'नकारात्मकता'को लेबल लगाएर विचार र अभिव्यक्तिलाई जज गर्ने सोसल मिडियामा देखिने गरएको प्रवृत्तिको मात्र हो । हाम्रो समाजमा भएका सकारात्मक परिवर्तनहरूलाई उजेलोमा ल्याउन आवश्यक छ ।
ReplyDeleteI don't know if it is possible to get rid of negativity, but for sure, we cannot escape from it. Trying to ignore negativity is an attempt to escape. And why do we even need to appreciate positive thought alone? As you have mentioned above Sanjeev that negativity gives critical approach to thinking and to progressiveness, what we are missing in thought and practice is "acceptance". Accepting negativity does not destroy our peace. It doesn't even mean transforming negative idea into positive one. It is simply allowing space for things to come into harmony.
ReplyDelete